पुस १, गुल्मी | गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।
गुल्मी जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।
उनका अनुसार सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको छ ।
यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरू, जीवनसाथी, कैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको (एआरटी) सेन्टर प्रमुख घिमिरेले जानकारी बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!