सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेका शाहरूखको फिल्म 'डंकी' ले कति कमायो पहिलो दिन ?

Posted on: 22 Dec, 2023

पुस ६, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'डंकी' ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ३० करोड भारू कमाएको अनुमान छ। फिल्मको वास्तविक कमाइ आउन बाँकी छ। 

यस वर्ष शाहरूख खानको फिल्म 'जवान' ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रेडर्क राखेको छ। 'जवान' ले पहिलो दिनमा ७५ करोड भारू कमाएको थियो भने शाहरूखकै फिल्म 'पठान' ले ५७ करोड भारू कमाएको थियो। यी दुई फिल्मको रेकर्ड तोड्न 'डंकी' असफल भएको छ। 


फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्म राम्रो बनेको बताएका छन् भने कतिपयले औसत फिल्म बताएका छन्।  

शुक्रबारदेखि प्रभास अभिनीत फिल्म 'सलार' पनि प्रदर्शन भएको छ। दुई ठूला फिल्म एकसाथ प्रदर्शन गर्दा व्यापारमा असर पुग्ने देखिन्छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!