अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको शिखरमा अभिनेत्री दीया

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् । आइतबार बिहान ७ बजे उनले हिमालको शिखर चुमेकी हुन् । 

हिमालको शिखरमा नेपाली झण्डा समेत फहराएको तस्बिरसहित उनले सामाजिक संजाल मार्फत आरोहणको सफलता शेयर गरेकी छन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेको जानकारी दिएकी उनले अर्काे एक सपना पुरा भएको बताएकी छन् ।

दीयाले अघिल्लो वर्षको जेठमा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलता पूर्वक आरोहण गरेकी थिइन् । यसअघि उनले ८ हजार १६३ मिटरको संसारको आठौँ अग्लो मनासलु  समेत आरोहण गरिसकेकी छन् । सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको उनले आरोहण गरेकी थिइन् । उनको विश्वका ७ अग्ला शिखर आरोहण गर्न लक्ष्य रहेको छ ।

फिल्म ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी दीयाको गत असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । फिल्म व्यावसायिक रूपमा सफल हुन नसके पनि दीयाको अभिनयले भने चर्चा पाएको थियो । उनको फिल्म ‘दयारानी’ प्रदर्शनमा आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!