भदौ २७, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।
कोरोना महामारीका कारण सन् २०१७ मा भाषा परीक्षा पास गरेर कन्ट्रयाक्ट समेत गरिसकेकाहरू कोरिया जान पाएका थिएनन् । त्यस्तै सन् २०१८ मा भाषा पास गरेका झण्डै १४०० जना पनि अहिलेसम्म जान पाएका छैनन् । पास गरेर भिसा समेत आइसकेका तर, कोरिया जान नपाएकाहरू अहिले गइरहेको निर्देशक कटुवालको भनाई छ ।
‘अहिले मासिक रूपमा २ हजारसम्म गइरहेका छन् । पुराना गइसकेपछि सन् २०२२ मा पास गरेकाहरू जानेछन् ।’ निर्देशक कटुवालले भने । कृषि क्षेत्रका जाने तयारीमा रहेकाहरूको हकमा भने कोरियाले लैजाने वा नलैजाने बारे कुनै जानकारी दिएको छैन् ।
कोरियाले अहिले उत्पादनमुलक क्षेत्रका कामदारलाई लगिरहेको हो । अब झण्डै १८०० जना जति पुराना कामदार बाँकी रहेको र उनीहरू पनि चाँडै गइसक्ने उनको भनाई छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!