चैत १८, काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि सुनुवारले लेखनाथ भुर्तेलसमेतलाई क्यानडा पठाइदिने र त्यहाँ प्रतिष्ठित कम्पनीमा काम लगाइदिने आश्वासन दिएर ४० लाख रुपैयाँ ठगीगरेका थिए।
आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारीलाई काठमाडौंको वौद्धबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए। उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!