युएईका राजदूत र राष्ट्रपति पौडेलबीच भेटवार्ता

Posted on: 01 Aug, 2023

साउन १६, काठमाडौँ | संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्लाह सईद मुवारक जरवान अल शाम्सीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

मंगलबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूतले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकालेको विज्ञप्तिमा राष्ट्रपति पौडेल र राजदूतबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको उल्लेख छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!