दूधमा मखना मिसाएर किन खाने ? कुन–कुन रोग निको हुन्छ, जान्नुहोस् ५ अचम्मका फाइदा

Posted on: 24 Sep, 2023

काठमाडौँ | दूध स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मखनालाई दूधसँग खाँदा सुनमा सुगन्ध हुन्छ । किनभने, दूध र मखना दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । वास्तवमा मखानालाई क्याल्सियम, प्रोटिन, म्याग्नेसियम, आइरन, फ्याट र फस्फोरस जस्ता पोषक तत्त्वहरूको राम्रो स्रोत मानिन्छ । साथै दूधमा भिटामिन ए, भिटामिन डी, प्रोटिन र क्याल्सियम जस्ता पोषक तत्त्वहरू पाइन्छन् । यही कारणले गर्दा दुवैको सम्मिश्रणलाई पोषक तत्त्वको भण्डार मानिन्छ । यस्तो अवस्थामा यदि तपाईंले मखनालाई दूधमा भिजाएर खानुभयो भने, तपाईंको शरीरलाई आवश्यक सबै पोषक तत्त्वहरू एकसाथ प्राप्त हुनेछन् । दूधमा मखना मिसाएर खाँदा कमजोरी हटाएर रगतमा चिनीको मात्रा नियन्त्रणसमेत गर्न मद्दत गर्छ । अब प्रश्न उठ्छ दूधमा मखना मिसाएर खाँदा के फाइदा हुन्छ ? यसलाई खाने सही तरिका के हो ? भारतको यूएचएम जिल्ला अस्पताल, कानपुरका आयुर्वेदाचार्य डा. विभा वर्माले यी प्रश्नबारे जानकारी दिएकी छिन् । 


दूधमा मखना भिजाएर खानुका पाँच चमत्कारी फाइदा

ऊर्जा बढाउँछ

शारीरिक कमजोरी हटाउन दूध र मखनाको मिश्रण बढी प्रभावकारी मानिन्छ । यदि कसैलाई कमजोरी र थकान महसुस भएमा तातो दूधमा मखना मिसाएर खाँदा फाइदा हुन्छ । स्मरण रहोस्, दूध र मखना दुवै प्रोटिन र आइरन जस्ता पोषक तत्त्वका राम्रो स्रोत हुन् । यस्तो अवस्थामा यी दुई सँगै खाँदा शरीरको कमजोरी हटेर ऊर्जा मिल्छ ।

हड्डी बलियो बनाउँछ 

दूध र मखनाको मिश्रणले हड्डीको विशेष ख्याल राख्छ । हड्डी कमजोर हुने समस्यामा हुनुहुन्छ भने दूधमा मखना भिजाएर खान सक्नुहुन्छ । किनभने दूध र मखना दुवैमा क्याल्सियम प्रशस्त हुन्छ, जसले हड्डीलाई मजबुत बनाउँछ । यस्तै, दूधमा मखना मिसाएर नियमित रूपमा खाने गर्दा पनि जोर्नी दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । यसका साथै यसको सेवनले अर्थराइटिसको समस्याबाट पनि राहत मिल्छ ।

ब्लड सुगर नियन्त्रणमा रहन्छ  

दूधमा मखना मिसाएर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । चिनीको मात्रा नियन्त्रण गर्न पनि यसको सेवन गर्न सकिन्छ । मखानामा हाइपोग्लाइसेमिक र एन्टिअक्सिडेन्ट जस्ता तत्त्व पाइन्छन् जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसको नियमित सेवनले मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ । यद्यपि, यो सम्मिश्रणको सेवन गर्नु अघि विशेषज्ञ सल्लाह भने आवश्यक छ ।

मुटुलाई स्वस्थ राख्छ 

मुटुसँग सम्बन्धित समस्या कम गर्न दूध र मखना प्रभावकारी मानिन्छ । मनतातो दूधमा मखना मिसाएर खाने सल्लाह दिइन्छ । वास्तवमा, मखाना म्याग्नेसियम, पोटासियम र फ्लेभोनोइड्स जस्ता धेरै पोषक तत्त्वहरूको राम्रो स्रोत हो, जसले हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । यस मिश्रणको नियमित सेवनले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्छ ।

निद्रा लगाउँछ 

 दूधमा मखना मिसाएर खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यसले तपाईंलाई अनिद्राबाट बचाउने काम गर्छ । दूधमा यस्ता धेरै तत्त्वहरू पाइन्छन् जसले निद्राको समस्यालाई रोक्न मद्दत गर्छ । यो सम्मिश्रणको सेवन राती सुत्नु अघि गर्नु अधिक लाभदायी मानिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!