प्रतिव्यक्ति आय बढ्ने

Posted on: 26 May, 2024

जेठ १३, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ ।

सरकारले सार्बजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा  चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो । 

आर्थिक सर्वेक्षणमा भनिएको छ- 'प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १.४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!