आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

Posted on: 22 Mar, 2024

चैत ९, काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!