हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!