एक हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस! कतिमा हुँदै छ कारोबार?

Posted on: 25 May, 2023

जेठ ११, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज बिहिबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै बुधबार प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!