ट्रकको ठक्करबाट हेटौँडामा महिलाको मृत्यु, स्थानीयद्वारा कान्तिलोपथ अवरुद्ध

Posted on: 19 Nov, 2023

मङ्सिर ३, काठमाडौँ | मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना स्थानीय महिलाको मृत्यु भएको छ ।

कान्ति लोक पथअन्तर्गत हेटौँडा-६ स्थित शान्तिटोलमा शिवम् सिमेन्टको फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना‍ ७ ख १८१६ नम्बरको ट्रकले ठक्कर हेटौँडा उपमहानगरपालिका– ६ चौघडाकी ३६ वर्षीया निरा बजगाईँलाई ठक्कर दिँदा बजगाईँको घटनास्थलमा नै मृत्यु हो ।


बजगाईँको मृत्युपछि आक्रोशित स्थानीयले कान्ति लोकपथ अवरुद्ध पारेका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

सडक खुलाउन घटनास्थलमा करिब सय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!