सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 07 Oct, 2023

असोज १०, मकवानपुर | मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिए ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना भएको भण्डारीको भनाइ छ ।

घटना बारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!