वेस्ट इन्डिज ए विरुद्ध नेपालकोशानदार प्रदर्शन, सान्त्वना जित

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । आसिफले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । अनिलले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।  त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । 

कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ३ विकेट लिए भने सागरले पनि ३ विकेट लिएका हुन्। अविनाश बोहराले १ विकेट लिए ।

जितका बावुजद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!