जापान पठाइदिने भन्दै २ सयभन्दा बढी व्यक्तिहरुबाट करिब ३ करोड ठग्ने २ जना पक्राउ

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ । २ सय बढी व्यक्तिहरुलाई अध्ययन तथा रोजगारीका लागि जापान पठाइदिने भन्दै करिब ३ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौरादहका हुन् ।


उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी  नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए । पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ देखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

नागरिकता धनी पठाओ चालक हुन् । उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!