सागरले एकै ओवरमा लिए २ विकेट, नेपाललाई तेस्रो सफलता

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् । यस अघि सागर ढकालले नै दोस्रो विकेट लिएका हुन् | उनले  २४ रन बनाएका जोन्सन चार्ल्सलाई आउट गरेका हुन् ।

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ७.४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!