वेस्ट इन्डिजले नेपाललाई दियो २१० रनको लक्ष्य

Posted on: 02 May, 2024

वैशाख २०, काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१०  रनको  लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!