लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

Posted on: 01 May, 2024

बैशाख १९, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि मुम्बईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ । १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ । १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!