आजको मौसम देशको यी स्थानमा वर्षाको सम्भावना ?

Posted on: 02 May, 2024

बैशाख २०, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी  र कर्णाली  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!