टि-२० विश्वकपका लागि मिचेल मार्शको कप्तानीमा अस्ट्रेलियाको टाेली घाेषणा

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । अस्ट्रेलियाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ। आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो।

अस्ट्रेलियाले आफ्नो विश्वकप टिममा भेट्रान खेलाडी स्टिभ स्मिथ, हाल आईपीएलमा शानदार प्रदर्शन गरिरहेका युवा खेलाडी ज्याक फ्रेजर म्याकगुर्कलगायतलाई टिममा समावेश गरेको छैन ।


अस्ट्रेलियाको विश्वकप टिममा मिचेल मार्श (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्। यस विश्वकपमा अस्ट्रेलिया समूह बी मा रहेको छ।

यस समूहमा अस्ट्रेलियासहित इङल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन्। अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ५ मा ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!