सिंहदरबारमा माओवादीको संसदीय दलको बैठक जारी

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौं | नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

बैठकमा  प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको छ ।

संसदको बजेट अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ। अब बस्ने बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जनाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!