बैदेशिक रोजगार | काठमाडौँ - KTM


मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउनू : वैदेशिक रोजगार विभाग

Posted on February 27, 2023 | views : 754 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भन्दै सूचना प्रकाशन भएको र उजुरीहरु समेत प्राप्त हुने गरेको विभागले जनाएको छ । मौसमी क

Read More

युकेमा रोजगारीको प्रलोभन दिँदै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ

Posted on February 27, 2023 | views : 754 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् ।  उनीहरुले सामाजिक सञ्जालमार्फत

Read More

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने

Posted on February 25, 2023 | views : 625 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली

Read More

वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह

Posted on February 25, 2023 | views : 733 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्र

Read More

अब वैदेशिक रोजगार विभागमा जाँदा परिचयपत्र अनिवार्य

Posted on February 23, 2023 | views : 944 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ । सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि विभागले यस्तो नियम बनाएको हो ।  कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाउन सेवाग

Read More

साउदीमा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता

Posted on February 23, 2023 | views : 606 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं | रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा  अलपत्र परेका थिए। साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको र

Read More

दुबई पठाइदिने भन्दै ६ लाख ठगी गरेको आरोपमा पक्राउ

Posted on February 22, 2023 | views : 978 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | दुबई पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी घर भई हा टोखामा बस्ने दलवीर बिक रहेका छन् ।  उनले दुबई जान ३ लाख लाग्ने र आकर्षक जागिर लगाइदिने भन्दै रुकुम  पश्चिमको  चौरजहारी नग

Read More

माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

Posted on February 21, 2023 | views : 647 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं | गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलो पटक व

Read More

विभागले बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति नगर्ने

Posted on February 20, 2023 | views : 1051 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ | बैदेशिक रोजगार विभागले रोजगारीको लागि दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति अर्को निर्णय नभएसम्म नगर्ने भएको छ । बैदेशिक रोजगार विभागले सूचना जारि गर्दै उक्त जानकारी दिएको हो । बैदेशिक रोजगारीको लागि दुबई र कतार जस्ता  मुलुकमा जाने अधिकांश श्रमिकहरु

Read More

वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एक जना पक्राउ

Posted on February 17, 2023 | views : 820 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | वैदेशिक रोजगारीको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ गोंगबु बिजिमहलबाट पक्राउ एक जना पक्राउ परेका छन् ।  दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो&n

Read More

श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह

Posted on February 15, 2023 | views : 714 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वल्र्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्ब

Read More

सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राख्ने सरकारको निर्णय

Posted on February 12, 2023 | views : 616 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो स

Read More

कोरियाद्वारा नेपाललाई सिजनल भिसामा कामदार भित्र्याउन प्रतिबन्ध

Posted on February 11, 2023 | views : 1609 | काठमाडौँ - KTM

माघ २८ काठमाडौँ । कोरिया स्थित नेपाली दूतावाससँग कोरियाको न्याय मन्त्रालय सँगै अध्यागमन बिभागका निर्देशक इसुङ्ह्युनले अबको केही बर्षका निम्ति मौशमी कामदारको कोरिया आगमनको बिषयमा सम्झौता नहुने बताएका छन।  मौसमी कामदरको हकमा कोरिया प्रबेश गरेका मौसमी कामदारको ७० % भन्दा बढि अवैध रुपमा बसेको खण्डम

Read More

‘आकर्षक तलब दिने भन्दै थाइल्यान्ड र म्यानमारमा नेपालीलाई बन्दी बनाइ अनलाइन ठगीमा लगाइयो’

Posted on February 09, 2023 | views : 898 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | म्यानमारस्थित नेपाली राजदूतावास आईटी कम्पनीमा आकर्षक तलब दिने नाममा नेपालीलाई थाइल्यान्ड र म्यानमारमा पुर्याएर बन्धक बनाउँदै अनलाइन ठगीमा लगाउने गिरोह सक्रिय रहेको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले यूएई र नेपालमा रहेका नेपालीहरुलाई त्यसरी लोभ्याउने गरिएको उल्लेख

Read More

नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने

Posted on February 09, 2023 | views : 783 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ ।  यसअघि २ फेब्रुअ

Read More

हेटौडाका सन्दिप श्रेष्ठ: युएई बसेर नेपाली ठग्ने धन्दामा, यसरी हुन्छ ठगि

Posted on February 07, 2023 | views : 2116 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ । हेटौडा २ संगमचोक घर भएका सन्दिप श्रेष्ठले युएईमा बसेर नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभन देखाई ठगि गर्दै आएको पाइएको छ । श्रेष्ठले सामाजिक संजालमा बिभीन्न देशको बिज्ञापन गर्दै युवाहरुसंग सम्पर्क गर्ने र डिलिट गर्दै गर्ने गरेको समेत भेटिएको छ ।  श्रेष्ठले युएईमै पनि ए

Read More

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कडा कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी

Posted on February 05, 2023 | views : 812 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका हुने गरेको ठगीमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय ठगीका उजुरी बढ्दो क्रममा रहेको भन्दै त्यस्तोमा मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।  मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्

Read More

मलेसियन गृहमन्त्रीको गुनासो : नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भयो

Posted on February 03, 2023 | views : 1158 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले बताएका छन्।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भएको भेटवार्तामा गृहमन्त्री सैफुद्दिनले अन्य देशको तुलनामा नेपालबाट श्रमिक लैजाने प्रक्रिया झन्झटिलो रहेको बता

Read More

रोजगारीका लागि दुबईहुँदै इथियोपिया पठाउने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार

Posted on February 03, 2023 | views : 728 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | रोजगारीका लागि इथियोपिया पठाइदिने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार गरिएको छ ।  नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा १२ जना महिलाको उद्धार गरेर बिहीबार काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ ।  उनीहरूलाई नेपालका विभिन्न नाकाहुँदै भारतको जयप

Read More

नेपाली कामदारलाई मलेसियाका नागरिक सरह सेवा सुविधा दिने कुरामा छलफल

Posted on February 03, 2023 | views : 752 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप बलियाे बनाउनेबारेमा छलफल

Read More

इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिँदै

Posted on February 03, 2023 | views : 695 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | इजरायलमा जीटुजीमार्फत नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिने भएको छ । इजरायलले थप कामदार माग गर्दै आएको सन्दर्भमा प्रक्रिया सुधार गर्न लागिएको हो । हाल गइरहेका सहायक कामदार (केयरगिभर) को कामप्रति इजरायली कम्पनीहरू सकारात्मक देखिएका छन् । जसले गर्दा उनीहरूले थप कामदारको

Read More

आकर्षक तलबको लोभ देखाएर कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाइ मानसिक र शारीरिक यातना

Posted on February 02, 2023 | views : 747 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।  ब

Read More

मलेसियन गृहमन्त्रीको नेपाल भ्रमण : थप श्रमिक लैजाने र भएका समस्या समाधान प्राथमिकतामा

Posted on February 02, 2023 | views : 667 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | आज साँझ सात बजेर २० मिनेटमा मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय टोली नेपाल आइपुग्ने भएको छ । मलेसियाको श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट पाँच लाख श्रमिक लैजाने कार्यक्रम अन्तर्गत मलेसियाका गृहमन्त्रीसहित त्यहाँको श्रम मन्त्रालयका उच्च

Read More

श्रमिकको समस्या सम्बोधन गर्न ६ महिनाभित्र मोबाइल एप आउँछ : श्रम मन्त्री

Posted on January 31, 2023 | views : 1125 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् । श्रम मन्त्रीको पदभार लिएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले विश्वभरबाट निःशुल्क रुपमा श्रमिकले आफ्ना समस्याका बारे जानक

Read More

श्रम मन्त्री अर्यालले विमानस्थलबाट हटाए वैदेशिक रोजगारीको छुट्टै डेस्क

Posted on January 31, 2023 | views : 866 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएका छन् । हिजो सोमबारदेखि लागू हुने गरेर वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको मन्त्री अर्यालले जानकारी दिएका हुन् । मंगलबार मन्त्र

Read More

कुवेतको सरकारी स्वास्थ्य संस्थामा १७०८ जना नेपाली हेल्थ टेक्निसियहरुको माग

Posted on January 30, 2023 | views : 780 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ । कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहे

Read More

नेपालीहरुलाई युके सिजनल भिसामा ल्याउन बेलायती फार्महरुले लगाए रोक

Posted on January 29, 2023 | views : 3342 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । बेलायतको अध्यागमन प्रणालीले दक्षिण एसियाली आप्रवासीहरू शोषणमा परेको चेतावनी दिएपछि बेलायती फार्महरूले नेपालबाट कामदारहरू भर्ना गर्न रोकेका छन्। नेपालबाट अस्थायी भिसामा युकेमा कृषि कामदारहरू ल्याउन इजाजतपत्र प्राप्त सबै पाँच भर्ती कम्पनीहरूले सार्वजनिक रूपमा घोषणा गर्दै नेपालीहरुला

Read More

६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए, पुस महिनामा मात्रै झन्डै ३९ हजार

Posted on January 29, 2023 | views : 604 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ | चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २ लाख ३३ हजार ३०३ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । पुस महिनामा मात्रै झन्डै ३९ हजार नेपाल

Read More