वैदेशिक रोजगारमा न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ | वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं. ०२ घर भइ हाल काठमाडौँ का.म.न.पा. वडा नं.१६ नयाँबजार बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेका छन् । 

कँडेलले आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारी पठाई दिन्छु भनी पीडितसँग ९ लाख लिएर फरार भएका थिए ।

उनलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताए । 

उनले  थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!