धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

Posted on: 10 Dec, 2023

मङ्सिर २४, काठमाडौं | धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले क्षति पुर्याएको जानकारी आएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!