हर्क बालेनसँग भिडाएर भ्रम छर्ने काम भईरहेको छ: सभापति लामिछाने

Posted on: 24 Jun, 2023

असार ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी नेताहरुलाई हर्क बालेनसँग भिडाएर को राम्रो भन्दै भ्रम छर्ने काम भइरहेको बताएका छन् ।


शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि परिवर्तनकारी नयाँ-नयाँ शक्तिबीच भिडाएर परिवर्तन नचाहने शक्तिहरुले फाइदा लिन खोजिएको बताएका छन् । लामिछानेले भ्रम छर्न काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि आरोप लगाउने काम भइरहेको बताए । उनले आफू र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै २०८४ को निर्वाचनमा एक-एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे । 

लामिछानेले हर्क, बालेन र आफूले आ-आफ्नो ठाउँबाट देशको सकारात्मक भविष्यको लागि भूमिका खेलेको बताए । आफूहरु बीच कुनै प्रतिष्पर्धा नभएको सभापति लामिछानेले बताए । 


नागरिकका मुद्दाहरूमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाब ब्याजसहित जनतालाई देखाउने उनको भनाइ छ । उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे । नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरूमाथि आफूहरूको कुनै लडाइ नरहेको उनले स्पष्ट पारे । उनले आफूहरूको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गरे । 

कार्यक्रमकै बीच सनिबार धादिङ काठमाडौं सम्पर्क विभाग समेत गठन भएको छ । जिल्ला अन्तर्गत १३ स्थानिय निकायकै काठमाडौँ सम्पर्क कमिटि गठन भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!