६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

Posted on: 14 Jan, 2024

पुस २९, सल्यान | सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । 

आफन्त पर्ने किशोरले ती बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते बलात्कार गरेको आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउमा परेका किशोरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!