गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित

Posted on: 06 Dec, 2023

मङ्सिर २०, नुवाकोट । तादी दुप्चेश्वोरको लाइफ लाइन सडक तथा नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड मानिएको गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित भएको छ । अर्थ मन्त्रालयले विभिन्न १२ आयोजना निर्माणको लागि स्रोत सुनिस्चितताको माग गरेको मध्ये ५ योजना निर्माणमा स्रोत सुनिस्चित गरेको हो । 

मन्त्रालयले स्रोत सुनिस्चित गरेसंगै अब यो आयोजना निर्माणको लागि बहुबर्षिय ठेक्का खुल्ने भएको छ । यो योजना अन्तर्गत यो आर्थिक बर्षमा ३० करोड बजेट सुनिस्चित गरिएको छ । यो सहित मन्त्रालयले स्रोत सुनिस्चित गरेका आयोजनाहरुमा धनगडी-खुटिय-दिपायल-चैनपुर-उरै भन्ज्यांग योजनाको सलेना - राजपुर सडक योजनालाई ७५ करोड, सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाको गुल्मी-सिर्सेनी-अर्खावाङ-गंगरे सडक खण्ड स्तरोन्तिको लागि ६७ करोड ४८ लाख, डुम्रे-बेसीसहर-चामे सडक योजनालाई ९७ करोड र कोशी करिडोर निर्माणको लागि २ अर्व रकमको सहमति रकम सुनिस्चित गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!