अख्तियारले एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

Posted on: 26 Apr, 2024

बैशाख १४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलले गुणस्तरहिन सडक बनाएर ८ लाख ६५ हजार १४५ भुक्तानी गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

साथै अख्तियारले जानकी कन्सट्रक्शन, मनरा शिसवा न.पा.-५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायलाई पनि प्रतिवादी बनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!