प्रधानमन्त्री साह्रै व्यस्त हुनुहुन्छ,हामीहरू त खाली तमासा मात्रै हेर्नेमा पर्‍यौं: माधव नेपाल

Posted on: 18 May, 2024

जेठ ५, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताएका छन्।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताएका छन् । 

उनले भने 'हाम्रो प्रधानमन्त्रीज्यु अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामीहरू त खाली, तमासा हेरेर मात्रै बस्ने मान्छे पर्‍यौं,'। 

 अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!