झापामा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौं | झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।


कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!