असार १८, मुग्लिन | नारायणगढ–मुग्लिङ सडक पुन: दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब १:५० बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि
Read Moreअसार १७, काठमाडौँ | शनिबार रातिदेखि अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेको जानकारी दिए। तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।
Read Moreअसार १६, काठमाडौँ | पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले रोकिएका गाडीहरु पालैपालो एकतर्फी गन्तब्यतर्फ लागेका छन् । यो सडकखण्डमा गाडीको चाप रहेको ट्राफिक प्र
Read Moreअसार १५, चितवन | सुख्खा पहिरोका कारण हिजोदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित उक्त सडक खण्डको ३ नं. पुुलमा माथिबाट खसेको सुख्खा पहिरोले दुवैतर्फको आवतजावत रोकिएको थियो । हिजो करिब ९ः३० बाट अवरुद्ध बाटो आज ५ बजेर २० मिनेटमा खुलेको ने
Read Moreअसार १५, चितवन | पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा
Read Moreअसार १४, काठमाडौँ | पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो। पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो
Read Moreअसार १०, चितवन | चितवनको इच्छाकामनामा माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौंबाट जादै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशा तर्फ आउदै गरेको लु९३प ९४६ नम्बरको मोटरसाइकल आइतबार दिउँसो २ बजे तिर इच्छाकामना गाउँपालिका-४ केवलकारस्थित पृथ्वी राजमार्गमा आपसम
Read Moreअसार ६, भरतपुर | नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ । निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा
Read Moreजेठ ३१, चितवन | माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो । सुरुवाती समयमा ११ वडा सिफारिस गरिए
Read Moreजेठ २८, भरतपुर | खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन प
Read Moreजेठ २६, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्
Read Moreजेठ २५, चितवन | पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभ
Read Moreजेठ २५, भरतपुर | दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज
Read Moreजेठ २०, चितवन | चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
Read Moreजेठ १८, चितवन | चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबा
Read Moreजेठ १७, चितवन | पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्क
Read Moreजेठ ८, भरतपुर | नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु ग
Read Moreजेठ ४, चितवन | चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपा
Read Moreवैशाख २८, चितवन | चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो । डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या ग
Read Moreवैशाख २८, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको
Read Moreवैशाख २३, चितवन | पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आ
Read Moreबैशाख २३, चितवन | विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ
Read Moreबैशाख २०, चितवन | पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत च
Read Moreवैशाख ८, काठमाडौँ । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै ग
Read Moreबैशाख ६, काठमाडौँ | भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजग
Read Moreबैशाख ६, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरिदिएको हो । गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घ
Read Moreवैशाख ४, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट खसेको अवस्थामा भेटिएका छन् । लामिछानेको सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भरतपुरस्थित भाडामा लिएको घरको छतबाट तल
Read Moreचैत २९, चितवन | चितवनको टाइगर ल्याण्ड रिसोर्टमा बुधबार दिउँसो आगलागी भएको छ । करेन्ट सर्ट भई आगलागी भएको सूचना प्राप्त भएको चितवन प्रहरी प्रवक्ता डीएसपी बिजय पन्डितले जानकारी दिए। अहिले तीनवटा दमकलले आगो निभाइरहेका छन् । क्षतिको विवरण आउन बाँकी छ।
Read More