बैकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ

Posted on: 24 Apr, 2024

बैशाख १२, बाँके । बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपूर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले आईतवार पक्राउ गरेको हो ।

उनलाई बर्दियाको, बानियाभारबाट (माईतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ । 


ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुनेक्रममा रहेको जानकारी दिएका छन् । 

केहि समय अगाडी बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरि कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो ।  

त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!