२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हेलिकप्टर लिएर बेहुली लिन आएका बेहुलालाई प्रशासनले रोकेपछि, आकाशबाटै गाउँको ७ फेरा लगाएर विहे सम्पन्न !

१४ मंसिर २०८०, बिहीबार ०९:३९

मङ्सिर १४, भारत | भारतको बिहारमा एक बेहुलाले अनौठो तरिकाले विवाह सम्पन्न गरेका छन् । बेहुली लिन आउँदा ल्यान्डिङका लागि प्रशासनले अनुमति नदिएपछि बेहुलाले हेलिकप्टरबाटै गाउँको ७ फेरा लगाएर विहे सम्पन्न गरेका हुन् ।

यसरी विहे गर्ने थिए जहानाबाद जिल्लाका बेहुला डा विवेक कुमार ।


यता बेहुलीका परिवारले हेलिकप्टर ल्यान्डिङका लागि हेलिप्याड बनाएका थिए । तर सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय, जहानाबादले अनुमति दिएन ।

यसपछि बेहुला विवकेले बेहुली डा मेघारानी दासको गाउँ मोहद्दीपुरको ७ फेरा लगाए । अनि आफ्नै घर जमशेदपुर फर्किए ।

मोहद्दीपुर गाउँका रामानन्द दास आफ्नी डाक्टर छोरी मेघारानीको हेलिकप्टरबाट बिदाइ गर्न चाहन्थे ।

यसैले उनले ९ लाख भारतीय रुपैयाँमा हेलिकप्टर बुकिङ गराएका थिए । प्रशासनले हेलिकप्टरमा जान अनुमति नदिएपछि रामानन्दले बेहुली छोरीलाई घर पठाउन गया विमानस्थलको सहारा लिनुपर्यो । अन्नतः मेघारानी जहाज चढेर बेलुला विवकेको घर जहानाबाद गइन् ।  

यी दुईबीचको पहिलो चरणको विहे भने गत सोमबार बोधगयाको एक होटलमा भएको थियो ।

जानकारीका अनुसार दुलहीकी आमा राजकुमारी हालै रेलवे अस्पतालबाट रिटायर्ड भएकी थिइन् । उनको चाहना छोरीको बिहेपछि गाउँबाट हेलिकप्टरबाट बिदा गराइयोस् । तर प्राशनबाट अनुमति नपाएपछि दुलहा र दुलही गए एयरपोर्टबाटै उडान भर्नुपरेको थियो । प्रशासनबाट स्वीकृति नपाएपछि बेहुलीका परिवारमा प्रशासनविरुद्ध चर्को पश्चाताप र आक्रोश छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने