रियल मड्रिडले छैटौँ पटक जित्यो यूईएफए सुपर कपको उपाधि, एम्बाप्पेको डेब्यु गोल

Posted on: 15 Aug, 2024

साउन ३१, काठमाडौं | यूईएफए सुपर कप फुटबलमा इटालियन क्लब एटलान्टालाई हराउदै रियल मड्रिडले उपाधि जितेको छ । गएराति पोल्याण्डमा भएको खेलमा एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियालका लागि भिनिसियस फेडेरिको भाल्भर्डे र केलियन एम्बाप्पेले १–१ गोल गरेका थिए । केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्का हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।


एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ५९औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रियलका लागि भाल्भर्डेले सुरुवाती गोल गरेका थिए । यस्तै, ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० गोलले जिताएका हुन् ।

योसँगै यूईएफए सुपर कपमा रियाल मड्रिडको कीर्तिमानी छैटौँ उपाधि भएको छ । रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!