थापाथली पुलबाट एक महिलाले हाम फालिन्, प्रहरीले गर्‍यो तत्कालै उद्धार

Posted on: 13 Aug, 2022

साउन २८, काठमाडौँ | काठमाडौंको थापाथलीस्थित पुलबाट हाम फालेकी एक महिलाको तत्कालै प्रहरीले उद्धार गरेको छ । शनिवार अपराह्न पुलबाट बागमती नदीमा हाम फालेकी ति महिलाको प्रहरीले तत्कालै उद्धार गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ति महिलाले शनिवार अपराह्न ४ बजे पुलबाट हाम फालेकी थिइन् । प्रहरीले उनको तत्कालै उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । 
हाम फाल्ने ती महिलाको पहिचान खुलिसकेको छैन । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको एसपी मैनालीले बताए ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!