रविको बचाउ गर्दै ओलीले भने:- ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन

Posted on: 05 Feb, 2023

माघ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोस्ट्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाएका छन् ।

आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सर्वोच्चको आलोचना गरेका हुन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए ।

सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न उब्जिएको उनले भने । उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए ।

उनले भने,‘अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ? निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?’

उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने समेत बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!