एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता, के–के भयो कुराकानी ?

Posted on: 13 Aug, 2022

साउन २८, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्माओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।


भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ ।  ‘भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताए । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए ।

अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि पहिलोपटक भेटवार्ता भएको हो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!