चीनमा फैलिएको नयाँ ‘लाङ्ग्या भाइरस’ के हो ? यो भाइरस कति खतरनाक ?

Posted on: 13 Aug, 2022

साउन २८, बेइजिङ | चीनमा जुनोटिक लाङ्ग्या (Zoonotic Langya) नामक नयाँ भाइरस भेटिएको छ । ताइवान सेन्टर फर डिजिज कन्ट्रोलको जानकारी अनुसार लाङ्ग्या भाइरसको पहिलो केस चीनको मुख्य भूमिमा रहेको शानडोङ र हाइनान प्रान्तमा भेटिएको थियो । अधिकारीहरूले भाइरस पत्ता लगाउन र यसको फैलावट ट्र्याक गर्न न्यूक्लिक एसिड परीक्षण प्रक्रियाहरू प्रयोग गर्न सुरु गर्ने निर्णय गरेका छन्।


अहिलेसम्म कुनै पनि रिपोर्टले यो भाइरस मानिसबाट मानिसमा सरेको संकेत गरेको छैन । सेरोलोजिकल सर्भेपछि हालसम्म करिब २ प्रतिशत बाख्रा र ५ प्रतिशत कुकुर र अन्य घरपालुवा जनावरमा भाइरसको संक्रमण देखिएको छ ।

अनुसन्धानमा सहभागी वैज्ञानिकहरूले नयाँ पत्ता लागेको हेनिपाभाइरस जनावरबाट मानिसमा आएको हुनसक्ने बताएका छन् । संक्रमित व्यक्तिमा ज्वरो आउने, थकान लाग्ने, खोकी लाग्ने र वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छन् । प्रतिवेदनमा सान्डोङ र हेनानमा लाङ्ग्या हेनिपा भाइरसको संक्रमणका ३५ मध्ये २६ जनामा ​​ज्वरो, चिडचिडापन, खोकी, एनोरेक्सिया, माइल्जिया, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको छ ।

यो अहिलेसम्म धेरै घातक वा गम्भीर नभएको र आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाइ छ । तर यसलाई हल्का रुपमा लिनु पनि उचित नहुने विज्ञहरुले बताएका छन् । किनभने प्रकृतिमा धेरै भाइरसहरू छन्, जसले मानिसहरूलाई पनि संक्रमित गरिरहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!