२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेका विद्यार्थी गम्भीर घाइते

१५ कार्तिक २०८०, बुधबार ०९:०१

कार्तिक १५, वीरगन्ज | वीरगन्ज पब्लिक कलेज (वीपीसी) मा अध्ययनरत एक जना विद्यार्थी कलेजको तेस्रो तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् ।

कक्षा १२ मा अध्ययरत विद्यार्थीले बुधबार बिहान साढे ६ बजे हाम फालेको कलेजको सीसीटीभीमा कैद भएको कलेजले जनाएको छ ।


क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार सीसीटीभीको भिडियोमा विद्यार्थीले क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेको देखिएको छ ।

स्थानीयबासिन्दाले क्याम्पस भवनको पछाडि रहेको खाली जग्गामा विद्यार्थी लडेको अवस्थामा रहेको भन्दै क्याम्पसलाई खबर गरेका थिए ।

हाल विद्यार्थीको वीरगन्जस्थित नेपाल मेडिसीटी बयोधा अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रमुख तुलाधरले जानकारी दिए ।

क्याम्पस प्रमुख तथा परिवारलाई डाक्टरले विद्यार्थीको शरीरको धेरै ठाउँमा फ्र्याक्चर भए पनि खतरामुक्त रहेको जानकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने