कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड दिइयो, के थियो कसुर ?

Posted on: 21 May, 2020

जेठ ८, काठमाडौँ | पहिलो पटक कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिईएको छ । नेपालको औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्डको सजाय दिइएको हो ।

कतारमा नेपालीलाई मृत्युदण्डको सजाय दिईएको यो नै पहिलो घटना हो । चौधरीलाई कतारका एक नागरिकको खुकुरी प्रहार गरि हत्या गरेको कारण मृत्युदण्डको सजाय सुनाइएको थियो । चौधरीले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गरेको थियो । 

उनलाई मृत्युईदण्ड दिने तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा हत्या गरिएका नागरिकको परीवारले चौधरीलाई माफी दिन अस्वीकार गरेको थियो । 

मृत्युदण्ड पाएका चौधरीको शव नेपाल पठाउनको लागि स्वीकृति समेत दिईएको छ । 

यहाँ क्लिक गरि वैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्नुहोस 

मृत्युदण्ड पाएका चौधरी २०१५ मा कतार गएका थिए । उनि कार धुने कम्पनीमा काम गर्थे । उनले घटना घटाएपछि तल्लो अदालतले मृत्युदण्डको फैशला गरेको थियो । अदालतमा बयान दिने क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनले कतारी नागरिकलाई पटक पटक खुकुरी हानेर हत्या गरेका थिए । 

कतारमा एक नेपालीले स्थानीयलाई मारेको यो पहिलो घटना हो । यद्यपि १० जना नेपाली आप्रवासी कामदार जोसँग नेपालीहरुलाई मार्ने क्रममा दोषी छन् । उनीहरु विभिन्न जेलमा जेल सजाय भोगिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!