श्रीमतीको बेडरुममा सिसिटिभी क्यामरा, सासुले गर्थिन् २४ घण्टै निगरानी

Posted on: 21 Jul, 2019

एजेन्सीको सहयोगमा | संसारमा अनेक प्रकारका घटना घट्छन्, यस्तै घटना घटेको छ भारतमा । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो थियो कि उनका श्रीमानले घरभरी नै आफ्नो श्रीमतीलाईइ नियन्त्रणमा राख्नको लागि सिसिटिभी क्यामरा जोडेका थिए ।

इन्डियन एक्सप्रेसको समाचार अनुसार पश्चिमी भारतको त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । जहाँ घटनाको उजुरी दिने महिला र घरमा सिसिटिभी जोड्ने श्रीमानबीच तीन वर्ष अघि विवाह भएको थियो । श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा सिसि क्यामरा राखे । त्यो पनि चोर वा अन्य असुरक्षाको कारणले नभई आफ्नै श्रीमतीको गतिबिधि नियाल्ने नियतले उक्त सिसिटिभी राखिएको थियो । आफू सिसिटिभीको नियन्त्रणमा रहनुपरेपछि ति महिला घर छोडेर माइती गइन् । 


महिलाका अनुसार उनका श्रीमानले क्यामरा घरमा छिर्ने गेट, सासुको कोठा, बैठक कोठा र उनीहरुको बेडरुममा राखेका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट गरिएको थियो, जहाँबाट सासुले आफ्नो बुहारीको निगरानी गर्दथिन् । महिलाले प्रहरीलाई दिएको उजुरी अनुसार महिलालाई विवाहको केही दिनपछिदेखि दाइजोका लागि प्रताडित गर्न थालिएको थियो । विवाहका बेला दाइजोको कुरै नगरेको उनको माइतीले दाइजो नदिएको तर बिबाहपछि दाइजो मागेर श्रीमानको परिवारले दाईजोको निहुमा उनलाई दु:ख दिन थालेको थियो । त्यसपछि उनको माइती परिवारले एक पैतृक जमिन बेचेर दुई लाख भारु दाइजोस्वरुप दिएको थियो ।  

महिलाको आरोपपछि महिलाका श्रीमानलाइ सोधपुछ भयो । श्रीमानले आफू निर्दोष भएको र दाइजो माग नगरेको बयान दिए । श्रीमानका अनुसार श्रीमतीले घर छोड्ने तयारी गरिरहेको र आफूलाई जेल पठाउने धम्की दिईरहेको बयान दिए । श्रीमानको बयान अनुसार आरोप लगाउने महिलाले श्रीमानलाई र उनका आमा तथा आफन्तलाई दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षाको लागि सिसिटीभी क्यामरा जोडेको बताएका छन् । उनले आवश्यक परेको बेला निर्दोष छु भनेर सावित गर्नको लागि भनेर आफूले सिसिटिभी जोडेको बताए । यस बिषयमा महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनेकी छन् 'कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ? ’१७ जुलाईमा दुई पक्षको कुरा सुनेर महिला अधिकारीहरुले टि महिला र उनका श्रीमानलाई ४५ दिनको समय दिएका छन् । साथै श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने सर्त राखेको समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!