अस्पतालले मृत घोषणा गरेर अन्तिम संस्कार गर्न लाग्दै गर्दा युवकको होस् खुलेपछि...

Posted on: 02 Jul, 2019

असार १७, लखनऊ (एजेन्सीको सहयोगमा) | भारतको उत्तरप्रदेशको राजधानीमा एक मृत घोषित युवकलाई समसान घाटमा पुर्ने सम्पूर्ण तयारी हुँदै थियो । उनलाई पुर्ने खाल्डो समेत खनियो र उनको शव खाल्डोमा राख्न लाग्दै गर्दा ति युवकले जीवितै रहेको संकेत देखाएपछि तत्काल अस्पताल लगिएको समाचार छ ।

भारतीय संचार माध्यममा आएका समाचार अनुसार मृतकका परिवारले उनको अन्तिम संस्कार  गर्न खोज्दै गर्दा उनले आफू जिउदो रहेको संकेत दिएका थिए । परिवारले उनलाई अस्पताल लगे लगत्तै ति युवक जिवितै रहेको डाक्टरहरुले बताएका थिए ।

२० बर्षीय ति युवक मोहम्मद फुरकान २१ जूनमा एक दुर्घटनामा घाइते  भएका थिए । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो । सोमवार डाक्टरले उनको मृत्यु भएको घोषित गरे । चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेपछि ति युवकको अन्तिम संस्कारको लागि एम्बुलेन्समार्फत घर लागिएको थियो । फुरकानमा दाजु मोहम्मद इरफानले घटना अप्रत्याशित भएको बताएका छन् । उनले भनेका छन् 'परिवारलाई घटना बारे विश्वासनै भईरहेको छैन । हामीले हाम्रो भाई फिर्ता पायौं ।

इरफानले  भने कि भाईको उपचारको लागि निजी अस्पताल परिवारले सात लाख भारु लिएका थिए । जब परिवार स्रोतले आफूहरुसँग उपचारको लागि थप पैसा नभएको बताए, तब अस्पतालले सोमबार फुरकानको मृत्यु भएको घोषित गरेका थिए । अन्तिम संस्कारको लागि झन्डै गाडिएको भाई जिवितै रहेको थाहा पाए पछि उनको उपचारको लागि परिवारले राम मनोहर लोहिया अस्पतालमा उपचार गराईरहेका छन् । उनलाई भेंटिलेटरमा राखेर उपचार गराइएको छ ।

लखनऊमा मुख्य चिकित्सा अधिकारी (सीएमओ) नरेन्द्र अग्रवालले भने, "हामीले घटनाको अध्ययन् गर्दैछौं ।" फुरकानको उपचारमा संलग्न डाक्टरले भने अनुसार घाइते युवकको स्थिति गम्भीर छ । उनको नाडी, ब्लडप्रेसर र दिमाग काम गरिरहेको छ ।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!