ओलम्पिकमा भीडभाड कम गर्न एयर्पोर्टबाटै उड्ने ट्याक्सीमार्फत खेल मैदान पुर्याउने तयारी

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौँ (एजेन्सी) | पेरिसस्थित फ्रान्सेली सरकारले २०२४ मा हुने ओलम्पिक खेलहरूको लागि तयारी सुरु गरेको छ । पेरिस प्रशासनले सडकमा बाक्लो ट्राफिक नियन्त्रण र स्टेडियमको सुरक्षाको लागि योजना बनाउने काम सुरु गरेको हो । अधिकारिहरुको अनुसार, ओलम्पिकको समयमा त्यहाँ पेरिसको सडकमा धेरै भीड हुने हुँदा त्यसलाई नियन्त्रण गर्न उड्ने ट्याक्सीको सहायता लिने योजना बनाइएको हो । योजना अनुसार विदेशबाट आउने पर्यटकहरूलाई बिमानस्थलबाटै प्रत्यक्ष खेलकुदको क्षेत्रसम्म उड्ने ट्याक्सीको मद्धतले ढुवानी गरिनेछ ।


अहिले, साधारण रुपमा पेरिसको बिमानस्थल चार्ल्स डे गले एयरपोर्टबाट बस वा रेलबाट शहरको मुख्य भागमा पुग्न एक घण्टा लाग्छ । यदि एयरबस, एरपोरेटस डे पेरिस (एडीपी) कम्पनी र स्थानीय ट्राफिक एडमिनिस्ट्रेशन RATP को योजना सफल भएमा ट्याक्सी मार्फत यात्रीहरु ओसार्ने काम सुरु गरिनेछ ।

यसहप्ता पेरिस स्थित एक एयर शो मार्फत एयरबस र यसको ठाडो उडान र अवतरण (VTOL)मेसिनहरू सार्वजनिक गरियो । पेरिसको आकासमा सफलतापूर्वक एकपटक परीक्षण भएपछि तिनीहरू चाँडै यात्रुहरूको लागि परीक्षण गरिनेछ । एडीपी कम्पनीको कार्यकारी निर्देशक एडवर्ड आर्के्राइटको अनुसार, आगामी ५ देखि १० वर्षमा विश्वको जनशंख्या तीब्र बढ्नेछ । यस अवस्थामा, यात्रुहरुले आफ्नो सेवाको लागि उड्उने ट्याक्सी उपभोग गर्न सक्नेछन् । 


यस्तो ट्याक्सी अवतरण गर्नको लागि ADP कम्पनीलाई एक वर्षको समय दिईएको छ । साथै, १८ महिनामा आधारभूत संरचनाको लागि लगानी गर्न थप योजना बनाइएको छ, ताकि १० वायु-वातावरण अकूलल हुने विमान पेरिस क्षेत्रमा हवाई ट्याक्सीको रुपमा काम गरुन । सुरुमा यस परियोजनामा १ करोड यूरो लगानी गरिनेछ । प्रशासनले हरेक पर्यटकहरूलाई हरेक छ मिनेटमा उड्ने ट्याक्सी सुविधा प्रदान गर्ने योजना बनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!