सांगीतिक क्षेत्रमा फड्काे मारेकाे कारण गायक प्रकाश कटुवाल आफै दंग (भिडियाेसहित)

Posted on: 27 Mar, 2017


काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

रामेछाप जिल्लाको कुम्बुकास्थलीदेखि भविष्य खोज्दै काठमाण्डाै अाएका गायक कटुवालले सांगीतिक क्षेत्रमा मारेको फड्को कारण आफै दंग छन् । अाम नेपाली दर्शक र श्राेताकाे चाहना अनुसार फरक फरक प्रकृतिका गीत गाउन थालेपछि कटुवालले लोकदोहोरीमा अाफ्नाे हाइट ह्वात्तै बढाएका छन् ।

प्रकाश भन्छन् -"मेराे अहिलेसम्मकाे उपलब्धि, सम्पत्ति, गहना जे भनेपनि यीनै दर्शक र श्राेता हुन् । उनीहरूले नै मलाई अहिलेकाे अवस्थामा ल्याइपुर्याएका हुन्।" साझासबालसँग उनले थपे- "अहिलेकाे हाइट निरन्तर रुपमा कायम राख्नका स्तरीय र दर्शक श्रोताका माग बमोजिमका गीत गाउने प्रयास जारी छ ।

मेराे मेहनतलाई दर्शक श्राेताले रूचाएकाेले नै अायाेजकले मञ्चमा उपस्थित भएर प्रस्तुति दिनकाे लागि माग बढेकाे छ।" रामेछाप जिल्लामा मात्र नभई देशका विभिन्न भुभाग र विदेशमा अायाेजना गरिने महाेत्सव,साँस्कृतिक कार्यक्रम, कन्सट देखि लिएर दोहाेरी साझँसम्मका स्टेजमा पुग्न उनकाे भ्याई नभ्याई छ । अहिले उनी पुराना र स्थापित लोकदोहोरी गायक सरह आफुलाई स्थापित गर्न सफल बनेका छन् ।
पछिल्लो समय सुन्दर रामेछाप बाेलकाे गीतले गायक कटुवाल जिल्लामा सबैकाे मनमस्तिष्कमा बस्न सफल भएका छन् । जिल्लाकाे सबै भुभाग साे गीतमा समेट्न नसकेकाले अर्काे भाग- २ गीत पनि बजारमा ल्याइसकेकाे कटुवालले जानकारी दिए ।


यस्तै शनिबार राजधानीकाे चाेभारमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चकाे निमन्त्रणामा स्टेजमा देखा परेका गायक प्रकाश कटुवालकाे प्रस्तुतीले दर्शकहरुलाई थाम्न निकै हम्मे हम्मे पर्यो । उनी स्टेजमा नपुग्दै दर्शकहरुको हुटिङ्ग र तालीले बनभाेज कार्यक्रमस्थलको माहोल नै परिवर्तन भयो ।

दर्शक दीर्घातिरको माहोल झनै तातिएपछि उनलाई मञ्चबाट झारेर बाेक्दै हुटिङ लगाउनेकाे कमी थिएन ।
रामेछापका अामाबुबा दाजुभाइसँग भेटेर रमाउन पाएपछि गायक कटुवालले भने 'अाज राजधानीकाे चाेभारमा हाेइन रामेछापकै मातृभुमीमा पुगेकाे अनुभूति भएकाे छ ।' प्रस्तुति: प्रज्वल पाैडेल । 


चाेभारमा प्रकाश कटुवालले गाएकाे 'सुन्दर रामेछाप' बाेलकाे गीतमा दर्शककाे भिड भिडियोमा हेर्नुहाेस ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!