घट्यो सुनको मूल्य

Posted on: 16 Sep, 2021

भदौ ३१, काठमाडौँ । बिहिबार (आज) सुनको मूल्य सातसयले घटेको छ । बिहीबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार फेरि सातसयले घटेर साढे ९० हजार कायम भएको हो। चाँदीको मूल्य भने तीन दिनयता प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर रहेको छ । 

अन्तराष्ट्रिय बजारमा आज सुनमा थोरै गिरावट आएको छ ।सुन  प्रतिऔंस १७९१ .९५ डलरमा कारोबार भएको छ ।  चाँदीको मूल्य प्रतिऔंस २३ .८६ डलरमा रहेको छ । बुधवार सुन प्रतिऔंस १८०३ २२ डलर र चाँदी  प्रतिऔंस २३ ७२ डलरमा कारोबार भएको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!